आज २०८१ फागुन २५ गते आइतवार, तद्अनुसार ९ मार्च २०२५ । आज फागुन शुक्ल दशमी, सौभाग्य गर पुनर्वसु, सूर्योदय बिहानः ०६ः१९ बजे, सूर्यास्त साँझः १८ः०९ बजे ।
आजको राशिफल
मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो
रोजगारमा वृद्धि हुनेछ । भेटघाट र उपहार प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । शत्रुहरू सक्रिय रहनेछन् । घमण्ड र अहंकारबाट टाढा रहनु होला ।
वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
अनावश्यक खर्च हुनेछ। दुष्ट व्यक्तिहरूले हानि पुर्याउन सक्छन् । विवादलाई नबढाउनु होला । चिन्ता तथा तनाव रहनेछ । व्यावसायिक योजनाहरू कार्यान्वयन गर्न कठिनाइ हुनेछ । परिवारको चिन्ता रहनेछ।
मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
रोकिएको रकम उठाउने प्रयास सफल हुनेछ । यात्रा सफल हुनेछ । रोजगारमा वृद्धि हुनेछ। जोखिम नलिनु होला । आफ्ना नराम्रा बानीहरूमा नियन्त्रण राख्नु होला । पत्नीको सुझावअनुसार चल्दा लाभको सम्भावना रहने छ ।
कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो
नयाँ योजना बन्ने छ । कार्य शैलीमा सुधार आउने छ । मान-सम्मान प्राप्त हुनेछ । आँखासम्बन्धी समस्या हुन सक्छ। आज यात्रा नगर्नु होला । परिवारका कार्यहरूलाई प्राथमिकता दिनु होला ।
सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे
धर्म-कर्ममा रुचि बढ्ने छ । अदालत तथा कानुनी मामिलाहरू सफल हुनेछन् । व्यवसाय राम्रो सञ्चालन हुनेछ । चोटपटक र रोगबाट सावधान रहनुहोस् । कार्य-व्यवसायमा लाभको सम्भावना छ । वैवाहिक जीवन अनुकूल रहने छ ।
कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । सवारी साधन र मेसिनको प्रयोग गर्दा सावधानी अपनाउनु होला । खर्चमा नियन्त्रण गर्नु होला । परिवारजनसँग सम्बन्ध सुधार हुनेछ । शत्रुहरूबाट सतर्क रहनु होला ।
तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते
भ्रमको स्थिति बन्न सक्छ । प्रेम सम्बन्ध अनुकूल रहने छ । कानुनी अवरोध हट्नेछ। भौतिक सुख-सुविधामा वृद्धि हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान हुनेछन् । व्यापार-व्यवसाय राम्रो सञ्चालन हुनेछ ।
वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू
भूमि तथा भवनसम्बन्धी योजना बन्ने छ । रोजगारमा वृद्धि हुनेछ । जागिरमा अधिकार बढ्ने सम्भावना छ । आर्थिक कार्यहरूमा सफलता प्राप्त भएर खुसी मिल्ने छ । सुखद भविष्यको सपना पूरा हुनेछ ।
धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
स्वादिष्ट भोजनको आनन्द लिन पाइने छ । विद्यार्थीहरूले सफलता प्राप्त गर्नेछन् । व्यवसाय राम्रो चल्ने छ । असल व्यक्तिहरूसँग भेटघाट हुनेछ, जसले तपाईंको भलाइ चाहने छन् ।
मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी
कष्ट, भय, चिन्ता तथा बेचैनीको अवस्था सिर्जना हुन सक्छ । अरूको भर नपरी आफ्नो काम आफैं गर्नु होला । महत्त्वपूर्ण कार्यहरूमा हस्तक्षेप गर्दा हानी हुन सक्छ। परिवारमा तनाव रहने सम्भावना छ ।
कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा
पितालाई पुरानो रोग पुनः देखा पर्न सक्छ । व्यापारमा सफलता प्राप्त हुनेछ । प्रतिष्ठा बढ्ने छ । रोजगारमा वृद्धि हुनेछ । यात्रा शुभ रहने छ र कठिन कार्यमा पनि सफलता प्राप्त हुनेछ ।
मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
पुराना साथीहरू तथा नातेदारहरूसँग भेटघाट हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । सम्मान बढ्ने छ । खुसीको वातावरण रहनेछ। मनमा उत्साह बढ्नेछ, जसले गर्दा कार्यगति तीव्र हुनेछ ।