पर्सा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति पर्साको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दोश्रो कार्यकालको लागि रामप्रबेश यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मति चयन भएका पदाधिकारीहरूमा उपाध्यक्ष सन्तोष कुमार साह र महिला उपाध्यक्ष माधवी चौधरी चयन भए । यस्तै सचिव विश्वेश्वर राम , कोषाध्यक्ष केशव ठाकुर , उपसचिव रामबाबु ठाकुर हजाम नेपाली निर्वाचित भए ।
सदस्यहरूमा विशाल यादव , सुनिल महत्तो , गजेन्द्र यादव ,इमरान मिकरानी र राकेश यादव चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई स्वास्थ्य सेवा तथा श्रमिक हक अधिकारका विषयमा प्रभावकारी भूमिका खेल्न कार्यक्रमका प्रमुख अतिथि एवं अध्यक्ष मण्डलका अध्यक्ष रामहरि ढकालले सुझाव दिएका छन् ।
अधिवेशनका अवसरमा विभिन्न वक्ताहरूले स्वास्थ्यकर्मीका पेशागत हित, सेवा प्रवाहको गुणस्तर सुधार र संघीयतापछिको स्वास्थ्य संरचनाका विषयमा आफ्नो भनाइ राखेका थिए ।