पर्सा । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उनले भने ।
कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै, अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै, अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार रुपैयाँ, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार रुपैयाँ, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै, आयकरतर्फ आठ लाख ६० हजार ५२५ रुपैयाँ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ ।