पर्सा । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको केन्द्रीय सदस्य पदका लागि वीरगंज महानगरपालिका निवासी श्रीलाल यादव उम्मेदवारी दिएका छन् ।
काठमाडौंमा शुक्रवारदेखि शुरू भएको संघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज शनिवार मतदान हुनेछ । नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा पर्साका यादवले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
काठमाडौंमा जारी १३ औं केन्द्रीय महाधिवेशनमा मधेशी तर्फबाट केन्द्रिय सदस्य पदको उम्मेदवारी दिएका यादवले स्वच्छ प्रशासन , सक्षम व्यवस्थापन आजको आवश्यकता रहेको बताए । उनले संस्थागत र कर्मचारी हकहित आफ्नो उम्मेदवारी रहेको प्रतिबद्धता गरेका हुन् ।
संस्थागत सुशासन र श्रमिक वर्गको सम्मानको लागि मधेसी तर्फबाट केन्द्रिय सदस्य पदमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन सम्पूर्ण नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका सदस्यहरुलाई आग्रह गरेका छन् ।
यादव हाल नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रमा कार्यरत छन् ।