बीरगन्ज । कर्ण कायस्थ महिला समाज बीरगन्ज ले शनिवार सिलाई मशिन वितरण गरेको छ । बीरगन्ज को शिशोवारीमा आयोजित कार्यक्रममा चित्रगुप्त समिति बीरगन्जको अध्यक्ष महेश दासले सिलाई मशिन हस्तान्तरण गर्नु भयो ।
बीरगन्ज वडा न १ कि कल्पना कुमारी र सुलोचना देवीलाई हस्तान्तरण गरिएको हो । महिला समाजका केन्द्रीय अध्यक्ष पुनम दासले न्युन आय भएको महिलालाई स्वरोजगारको लागी सिलाई मशिन प्रदान गरिएको र अगामी दिनमा महिलालाई अझ बढी संशक्तिकरण गर्न आयमुलक तालिम संचालन गरिने बताउनु भयो । चित्रगुप्त युवा समिति शिशोवारीका राजिव कुमार कर्ण ले महिलालाई उधमशिल बनाउनु पर्नेमा जोड दिनु भयो । कर्ण कायस्थ महिला समाज बीरगन्ज का अध्यक्ष सविता कर्णको अध्यक्षता मा भएको थियो ।