बहुदरमाई । हालसालैको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बहुदरमाई नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनको बिदा थप गरिएको छ ।
बहुदरमाई नगरपालिकाले एक सूचना प्रकाशित गर्दै मिति २०८२ साल असार १ गतेदेखि ३ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी छुट्टी दिने निर्णय गरेको जानकारी गराएको छ। उक्त निर्णय अनुसार नगरपालिका भित्रका सबै विद्यालय , विद्यार्थी तथा अभिभावकहरूलाई उक्त अवधिमा विद्यालय नखुल्ने जानकारी गराइएको छ।
गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सावधानीका उपायस्वरूप यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ।