वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको दोस्रो बैठक शनिबार सम्पन्न भएको छ । वीरगंज स्थित रोयल पार्टी प्यालेशमा सम्पन्न बैठकले पार्टीलाई मजबुत बनाउन बिभिन्न निर्णय गरेको छ । बैठकले अभियाननै संचालन गरेर ३२ वटै वडाहरुमा कमिटी बिस्तारका लागि गृहकार्य गर्ने निर्ण गरेको छ ।


यसका साथै बैठकले पार्टीको काम सहजताका लागि नगर भित्रका ८ वटा ईलाकाको संयोजकको जिम्मेवारी तोकेको छ । पार्टीका महानगर कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले वडा अधिवेशन गर्न समिती गठन गर्ने, बिभिन्न जन वर्गिय संगठनहरुको नगर कमिटी गठन गर्ने र साउन र भदौ सम्ममा ३२ वटै वडाको वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । साथै बैठकले हरेक महिना लेवि उठाउने निर्णय गरेको छ । महानगर कमिटीका अध्यक्ष नवराज शर्मा सहितका पदाधिकारी र सदस्यहरुले लेवि रकम दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
बैठकमा पार्टीका वीरगंज महानगर ईन्र्चाज बिचारी यादव, पुर्व मेयर एवं एमालेका सल्लाहकार समितीका सदस्य बिजय सरावगी,धारणा राखेका थिए । बैठकमा ३२ वटै वडाका वडा कार्य समितीका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एमालेका युवा नेता जलन्धर पटेल र राकेश साहले सुझाव सहित धारणा राखेका थिए ।
बैठकमा प्रदेश सभा सदस्य बिना शर्मा,पुर्व नगर कमिटी अध्यक्ष राजेन्द्र यादव,नेतृ रन्जु फुयाल लगायत नेता कार्यकर्ताको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण नगर कमिटी सचिव लियाकत अलीले गरेका थिए ।