वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा. पर्साबाट खटिएको टोलीले भन्सार छलि ल्याइँदै गरेको ठूलो परिमाणको मल्टिभिटामिन औषधि नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी निरीक्षक कपिल राज गिरीको कमाण्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छप्कैयाबाट भारततर्फबाट अबैध रुपमा भन्सार छलि ल्याइँदै गरेको RIVITROL-CM मल्टी भीटामीन चक्की रू१०,१८,०००।– बराबरको १०१८ डिब्बा नियन्त्रणमा लिएको हो।
उक्त औषधि दुईवटा मोटरसाइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका औषधिसहित प्रयोगमा आएका दुबै मोटरसाइकललाई पनि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षकदेबेन्द्र बहादुर सिंहले जानकारी ग़राएका छन।