वीरगञ्ज । पर्सा जिल्लाको शिवर्वाबाट एक बालिका विवाह गराइएको आरोपमा एक जना महिला पक्राउ परेकी छिन्। प्रहरीका अनुसार असार १ गते बिहान ८:०० बजे आफ्नै नाबालिग छोरीलाई चार लाख अस्सी हजार रुपैयाँ (रु. ४,८०,०००) नगद लिई विभिन्न प्रलोभन देखाई तीन गुणा बढी उमेरका पुरुषसँग अन्तरजातीय विवाह गराएको उजुरी को आधार मा पक्राउ परेकी हुन।पक्राउ परेकी
नामथर वतन परिवर्तित शिवर्वा, पर्साका ३४ वर्षीया महिला रहेकी छिन।
उक्त उजुरीको आधारमा प्रहरीले असार ४ गते विवाह गराउने आमालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि कार्यालयमा ल्याएको हो।
पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई बाल विवाहसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।