काठमाडौं । तराई मधेश कानून विद्यार्थी समाज, नेशनल ल कलेजको पहिलो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ।
न्याय, समानता, अधिकार र पहिचानको साझा उद्देश्यका साथ समाजलाई अझ सक्रिय, सशक्त र परिणाममुखी बनाउने अठोटसहित नयाँ कार्यसमितिको गठन भएको हो।
कार्यसमितिको अध्यक्षमा जयप्रकाश यादव चयन हुनु भएको छ भने उपाध्यक्षमा खुशी चौरसिया, कृष्णा साह र रुचि साह निर्वाचित भएका छन्।
सचिवमा मुस्कान कुमारी चयन हुनु भएको छ भने सह-सचिवमा आशिष साह, रुबि गुप्ता र श्रुति यादव चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी शुभम प्रसाद साहले सम्हाल्ने भएका छन्।
सदस्यहरूमा सुजित पटेल, मनिकान्त झा, रबि कुमार साह, चान्द कुमार चौरसिया, दिपेश यादव, सोनिया पटेल, रागिनी चौधरी, ज्योति महतो, नरेन्द्र यादव, शिवान्त साह, कुशुम पौडेल र सिम्रन प्रविन रहेका छन्।
नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थाका सदस्यहरूले नेतृत्वबाट संस्था अझै सक्रिय, समावेशी र न्यायिक सोचले भरिएको बन्ने विश्वास व्यक्त गरेका छन्।
समाजले विद्यार्थीबीच कानूनी चेतना, नेतृत्व विकास र सामाजिक न्यायका मुद्दाहरूमा आवाज उठाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।