भिस्वा। पर्साको छिपहरमाई गाउँपालिका वडा नं-३ बुढगाई प्रहरी चौकी नयाँ भवन बनाउनको लागी अाज गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले शिलान्यास गर्नु भएको छ।
छिपहरमाई गाउँपालिका वडा नं-३ बुढगाई प्रहरी चौकिको अवस्था जिर्ण रहेकोले नयाँ भवनको लागि अध्यक्ष मनोज कुमार गुप्ताले गाउँपालिकाको बजेट बाट राखेर बुधबार एक समारोहका बिच बिधवत रुपमा पुजावपाठ गरि शिलान्यास गर्नु भएको थियो।
प्रहरी चौकी बुढगाईको नयाँ भवन बनाउनको लागि गाउँपालिकाको सहयोगमा १७ लाखको लागतमा निर्माण भईरहेको अध्यक्ष गुप्ताले जनाएका छन। शिलान्यास कार्यक्रममा वडा नं-३ का वडा अध्यक्ष दिपेन्द्र सिंह, रास्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष सुबास साह कानु, प्रहरी चौकी बुढगाईका प्रसनी धर्मराज अधिकारी,वडासदस्य सेख सगिर,पुर्व वडासदस्य रजाहुसेन देवान,रामबहादुर साह, लगायत स्थानिय हरुको सहभागिता रहेको थियो।