पर्सा, छिपहरमाई । छिपहरमाई गाउँपालिकाको २१ औं गाउँसभा आज गाउँपालिका कार्यालयमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष मनोज गुप्ताले गर्नु भएको थियो। उहाँले सम्बोधन गर्दै गाउँपालिकाको समग्र विकास, सुशासन र पारदर्शी प्रशासनमार्फत जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले जनताको सक्रिय सहभागिता र सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरिने जानकारी दिनुभयो।
उपाध्यक्ष लीलावती देवी कानुले गाउँपालिका स्थायी संरचना, महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशीतालाई प्राथमिकतामा राखी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो।
प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवानले आर्थिक पारदर्शिता, बजेट कार्यान्वयन, योजनाको समयमै सम्पन्नता र सुशासन कार्यान्वयनमा प्रशासन पूर्ण रूपमा जिम्मेवार रहेको स्पष्ट पार्नुभयो।
गाउँसभा कार्यक्रमका क्रममा चालू आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरिएको थियो।
गाउँसभा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, सर्वसाधारण तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम शान्तिपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको गाउँपालिका प्रशासनले जनाएको छ।