काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा उठाउनुभएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा कुनै वाचा, सङ्कल्प, निर्णय र काम पनि नभएको भन्दै अहिले आफूले आफैँलाई प्रश्न गरेर काम गरिरहेको दाबी गर्नुभएको छ । उहाँले प्रचण्डले जर्जर बनाएर छाडेको अर्थतन्त्र आफूले सुधारेको जिकिर पनि गर्नुभएको छ ।
आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार बिचौलियाको सारथी मात्रै बनेको आरोप लगाउनुभएको थियो ।