पर्सा – प्याब्सन वीरगञ्ज र प्याब्सन पर्साको संयुक्त आयोजनामा पहिलो पटक कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा सञ्चालन हुने भएको छ। उक्त परीक्षा आगामी साउन १० गते, शनिबार वीरगञ्जमा आयोजना गरिनेछ।
आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको जानकारी अनुसार, यो परीक्षा आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिँदैछ।
प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तव र सचिव अमित आलोकले संयुक्त रूपमा जानकारी दिँदै प्रदेश २ मै यो कार्यक्रमलाई छात्रवृत्तिको उत्कृष्ट उदाहरण बनाउने लक्ष्य रहेको बताए।
परीक्षा मिति: २०८२ साउन १० गते (शनिबार)हुने छ भने फारम बुझाउने अन्तिम मिति: साउन ६ गते सम्म रहेको छ। परीक्षार्थीलाई प्रवेश पत्र साउन ८ गते पाउने छ।
SEE पास गरेका सरकारी वा निजीविद्यालयका सबै विद्यार्थीले छात्रवृत्ति फॉर्म पा उने छन।
परीक्षामा उत्कृष्ट गर्नेलाई पुरस्कारको पनी व्यवस्था गरीएकोप्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले बताए।
पहिलो स्थान हासिल गर्नेलाई ल्यापटप + २ वर्षका लागि १००% ट्यूसन छात्रवृत्ति,दोस्रो स्थान: ट्याब + २ वर्षका लागि १००% ट्यूसन छात्रवृत्ति,तेस्रो स्थान: ड्रेस + २ वर्षका लागि १००% ट्यूसन छात्रवृत्ति पाउने छ। भने साइन्स स्ट्रीम: रु. १५,००० छुट (छात्राहरूलाई थप रु. २,००० छुट),म्यानेजमेन्ट स्ट्रीम: रु. ५,००० छुट(छात्राहरूलाई थप रु. २,००० छुट)अतिरिक्त छुट पाउने छ।
छात्रवृत्ति पाउने कलेज तथा विद्यार्थी संख्या:
कलेज स्ट्रीम संख्या मास्कट एकेडेमी Management २ जना/ज्ञानदा एकेडेमी Science,Management २ जना/मिनिल्याण्ड स्कुल Management ५ जना
BPS Management २ जना
ओम नेशनल एकेडेमी Science २ जना,BPC Management २ जना,सनलाइट स्कुल Management २ जना,हिमालयन पिरामिड्स Science ५ जना,बीरगंज कलेज प्रा. लि. Management,Education/Law/Journalism ४ जना,सिद्धार्थ नेशनल Science/Management २ जना गरी
जम्मा — २८ जना हुने छन।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, BPS का निर्देशक दीपक पटेल, मास्कट एकेडेमीका बिजय साह, लगायत विभिन्न कलेजका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो।
उपकुलपति डा. शाक्यले वीरगञ्जमै उच्चस्तरीय शैक्षिक सुविधा उपलब्ध भएको र टाढा सहर जाँदा विद्यार्थीलाई हुने मनोवैज्ञानिक, पारिवारिक र आर्थिक समस्याबाट जोगिन पनि स्थानीय कलेज रोज्न आग्रह गरे।
कार्यक्रम सञ्चालन प्याब्सन वीरगञ्जका सचिव अमित आलोकले गरेका थिए। आयोजकहरूले विद्यार्थी र अभिभावकहरूलाई सही जानकारीसहित आवेदन दिन आह्वान गरेका छन्।