पर्सा । प्रधानमन्त्री केपी शर्मा ओली यही २०८२ साल साउन ९ गते पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ स्थित निर्मलबस्तीमा आयोजना हुने खानेपानी उद्घाटन कार्यक्रममा सहभागी हुने भएका छन्।
पार्टीका पर्सा जिल्ला उपाध्यक्ष मनोज गुप्ताले प्रधानमन्त्री ओलीको पर्सा आगमन र कार्यक्रमको जानकारी गराउँदै सम्पूर्ण पार्टीपंक्ति, शुभेच्छुक तथा स्थानीय जनसमुदायलाई कार्यक्रममा उपस्थित भई सफल पार्न हार्दिक आग्रह गरेका छन्।
खानेपानी जस्तो आधारभूत सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले आयोजना गरिने उक्त उद्घाटन कार्यक्रम नेकपा (एमाले) पर्साको आयोजनामा सम्पन्न हुनेछ। स्थानीय स्तरमा विकास र पूर्वाधार सुदृढीकरणप्रति केन्द्र सरकार गम्भीर रहेको सन्देश दिन कार्यक्रम विशेष महत्वको मानिएको छ।
नेकपा (एमाले) पर्साले सम्पूर्ण जनसमुदायलाई कार्यक्रमप्रति चासो राखी, सक्रिय सहभागिता जनाउन पुनः अनुरोध गरेको छ।