पर्सा । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरू साउन ५ गतेदेखि साउन २३ गतेसम्मका लागि बन्द रहने भएका छन्।
गाउँपालिकामा असार २३ गते बसेको प्र.अ. (प्रधानाध्यापक) स्तरीय बैठकको निर्णयअनुसार विद्यालयहरूमा साउन ५ गतेदेखि विदा लागू हुने र साउन २३ गते आइतबार बिहान १० बजेदेखि नियमित कक्षा पुनः सञ्चालन गरिने शिक्षा शाखाले जनाएको छ।
शिक्षा शाखाले एक सूचना जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई यसबारे जानकारी गराउँदै समयमै तयारी गर्न अनुरोध गरेको छ।
विद्यालय विदा व्यवस्थापन तथा पठनपाठन पुनः सञ्चालनसम्बन्धी यो निर्णय कार्यान्वयनका लागि गाउँपालिकाका सम्बन्धित निकायलाई समेत जानकारी गराइएको छ।