वीरगन्ज । राष्ट्रिय युवा संघ नेपाल, केन्द्रिय कमिटीको दोस्रो बैठकबाट रवि गुप्तालाई पुनः तेस्रो कार्यकालका लागि पर्सा जिल्ला इञ्चार्ज पदमा मनोनयन गरिएको छ। संगठनमा लामो समयदेखि इमानदार, जुझारु र समर्पित भूमिकामा सक्रिय रहँदै आएका गुप्ता संगठनको नेतृत्वका लागि पुनः चयन भएका हुन्।
"युवाको ढुकढुकी, हाम्रो पुस्ताको आशा" भनिने रवि गुप्ताले अघिल्ला कार्यकालहरूमा संगठनलाई सुदृढ बनाउने र युवा समुदायको पक्षमा दृढतापूर्वक उभिने कार्य गर्दै आएका थिए। संगठनप्रति गहिरो समर्पण, कुशल नेतृत्व र कर्मठताका आधारमा उनलाई पुनः जिम्मेवारी प्रदान गरिएको हो।
उनको नेतृत्वमा संगठन अझ सक्रिय, अनुशासित र गतिशील बन्ने विश्वास युवा संघले व्यक्त गरेको छ। स्थानीय तथा राष्ट्रिय तहमा युवाको आवाज बुलन्द पार्न उनले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै शुभेच्छुकहरूले उनलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन्।