वीरगञ्ज । मधेश प्रदेश जेष्ठ नागरिक महासंघको प्रथम प्रदेश अधिवेशन आज वीरगञ्जको लछ्मण्वा पार्कस्थित जेष्ठ नागरिक पार्कको सभाहलमा एक विशेष समारोहका साथ सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवाल ज्यू ले गर्नु भएको हो। समारोहमा जेष्ठ नागरिक महासंघका प्रदेश अध्यक्ष जगदीश शर्माको अध्यक्षता भएको थियो।
अधिवेशनमा प्रदेशका आठवटै जिल्लाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने नेपाल पत्रकार महासंघको विभिन्न तहमा रहनुभएका पत्रकारज्यूहरू,पर्सा जिल्लाका विभिन्न संघ संस्था बाट प्रतिनिधित्व गरिरहनुभएका व्यक्तित्वहरू लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले जेष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानलाई सम्मान गर्नु आजको आवश्यकता भएको बताएका थिए। उहाँले राज्य र समाज दुवैले जेष्ठ नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको दोस्रो सत्र आजै केही समयपछि सुरु हुने आयोजकले जानकारी दिएका छन्। अधिवेशनबाट महासंघको आगामी कार्यदिशा र नेतृत्व चयनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिने अपेक्षा गरिएको छ।