पर्सा । नेपाल अडिर्टस एशाेसिएशन (अडान) पर्साको आयोजनामा आज अडान दिवस २०८२ भव्य र सभ्यरूपमा मनाइएको छ। कार्यक्रममा लेखापरीक्षकहरू घण्टाघरमा भेला भई ‘२० औं अडान दिवस’ उल्लेख गरिएको व्यानरसहित बिरगंजको आदर्शनगरदेखि घडिअर्वा हुँदै माइस्थान परिक्रमा गरी पुनः घण्टाघरमै बिर्सजन भएका थिए।
कार्यक्रम अडान पर्साका अध्यक्ष गजेन्द्र मान सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि अडान केन्द्रीय सदस्य दिनानाथ रौनियार तथा डा. सन्तोष कुमार गुप्ताले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा मधेश प्रदेश अडानका उपाध्यक्ष हृदय मोहन लाल दास, अडान पर्साका पूर्व अध्यक्ष प्रदुम्न प्रसाद सेढाई, अडान पर्साका पदाधिकारी प्रेमचन्द चौरसिया, रामबाबु साह, सदस्यहरू श्याम नारायण श्रेष्ठ, रोशन श्रेष्ठ, अरुण कुमार बर्मा, अनिल कुमार कर्ण, जयन्त चौरसिया तथा लेखापरीक्षकहरू उमेश चन्द्र यादव, श्याम ठाकुर, किशोर गुप्ता, दिपक उपाध्याय, प्रेम उपाध्याय, बैजनाथ साह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
अडान दिवसकै अवसरमा साउन ९ गते ५१ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री (स्टेशनरी) वितरण गरिएको जानकारी पनि दिइएको छ।
कार्यक्रमको सञ्चालन अडान पर्साका सचिव कुलोत्तम पोखरेलले गरेका थिए।