पर्सा । नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले आज पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोय नारायण सुबेदीसँग भेटघाट गरी जिल्लाको अवस्था बारे छलफल गरेको छ।
भेटमा नेजपा टोलीले धर्म निरपेक्षताको आडमा हिन्दू समाजमाथि भईरहेका अन्याय–अत्याचारप्रति ध्यानाकर्षण गराएको थियो। गौहत्या, जबर्जस्ती जिहाद, धर्म परिवर्तन, साधु–सन्तमाथि आक्रमण, मठ–मन्दिरको भूमि अतिक्रमण, हिन्दू समाजका पर्व तथा कार्यक्रममा हुने दंगा–फसाद, सीमा क्षेत्रका गतिविधि लगायतका विषयमा गम्भीर समस्या रहेको टोलीले जानकारी गराएको छ।
पार्टीको जिल्ला अध्यक्ष अनिल कुर्मीको नेतृत्वमा गएको टोलीमा नेजपाका केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, केन्द्रीय सदस्य अधिवक्ता विनोद कुर्मी, पारस दुबेदी, जिल्ला मन्त्री प्रमोद शर्मा, सह–कोषाध्यक्ष संतोष कुशवाहा, जिल्ला कार्य समिति सदस्य सुमंत कुमार दीप, मुना साह तेली, पियुष गुप्ता, महिला मोर्चा जिल्ला संयोजक संगीता गुप्ता तथा सह–संयोजक रेखा वर्णवाल सहभागी रहेका थिए।