वीरगन्ज । पर्सामा भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्न सुरु गरेको छ ।
आयोगले शनिबार पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ सथवलका ४४ जना भूमिहीन दलित र सुकुम्बासीहरुलाई जग्गाको लागपूर्जा वितरण गरेको हो ।
शनिबार सथलव गाँउमा सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादव र आयोगका अध्यक्ष अहमदले संयुक्त रुपमा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासीहरुलाई जग्गाको लालपूर्जा वितरण गरे । सथवल गाँउमा ६ दशकभन्दा बढी लालपूर्जाबिहीन जग्गामा बसोबास गर्दै आएका दलित र अव्यस्थित बसोबासीहरुलाई शनिबार जग्गाको लालपूर्जा वितरण गरिएको आयोगका अध्यक्ष अमदलले बताए
योसंगै पर्सामा भूमिहीन दलित र सुकुम्बासीहरुलाई लालपूर्जा विततरणको कार्य सुरु गरिएको आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले जानकारी दिए । मधेस प्रदेशमै आयोगले पर्साबाट लालपूर्जा वितरणको काम सुरु गरेकोपनि उनले बताए ।
अध्यक्ष अहमदलले यसपछि अब दशैंं लगत्तै ठोरी गाँउपालिका वडा नम्बर ४ का १ हजार १९७ जना भूमिहीन दलित र सुकुम्बासीहरुलाई जग्गाको लालपूर्जा वितरण गरिने जानकारी दिए।
उनका अनुसार, आयोगले पर्सा जिल्लामा कूल ५ हजार १७८ जना भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबाासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य राखेको छ ।वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका तथा ठोरी र सखुवाप्रसौनी गाँउपालिकाबाट गरी ५ हजार १७८ जनाको आवेदन परेको र तीमध्ये शनिबार ४४ जनालाई लालपूर्जा वितरण गरिएको उनले बताए ।
चार पालिकामा सुरुमा आयोगले भूमिहीन
दलित,सुकुम्बासी र अव्यवस्थित बसोबाासीको लागत संकलन गरेको थियो ।त्यसपछि वडा कार्यालय र पालिका कार्यालयले त्यसको प्रमाणीकरण गरेर आयोगमा पठाएको थियो ।त्यसपछि आयोगले ३५ दिने सूचना निकालेर जग्गाको नापनक्शा गरेर प्रतिवेदन पालिकाको कार्यालयमा पठाएको थियो ।उक्त प्रतिवेदनका आधारमा काार्यपालिकाले पूर्जा वितरणका लागि नामावली सिफारिस गरेपछि त्यसैको आधारमा आयोगले शनिबारदेखि लालपूर्जा वितरणको काम सुरु गरेको आयोगका अध्यक्ष अहमदले बताए।
शनिबार सथवलमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा अध्यक्ष अहमदले आयोगको अध्यक्षको कार्यभार सम्हालेकै बेला आँफुले आफ्नै कार्यकालमा लालपूर्जा वितरण गर्ने वाचा गरेको स्मरण गराउँदै भने,‘ मेरो त्यो वाचा र सपना आज पुरा हुदैंछ । यो मेरो अहिलेसम्मको जीवनकै सबै भन्दा खुशी भएको क्षणपनि हो ।’
उनले अब बाँकी रहेका ५ हजार १३४ भूमिहीन दलित र सुकुम्बासीहरुलाईपनि लालपूर्जा वितरण गरिने प्रतिबद्धता उनले जनाए । उनले भने,‘पर्सामा लालपूर्जा वितरणको काम सुरु भइसक्यो, अब बाँकी रहेकाहरुकोपनि जग्गाको नापनक्सा जाँच लगायत आवश्यक सबै प्रकृया पुरा भइसकेको छ । उनिहरुलेपनि अब छिट्टै लालपूर्जा पाँउछन् । ’
सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यादवको अध्यक्षता तथा आयोगका अध्यक्ष अहमदको प्रमख आतिथ्यतामा भएको लालपूर्जा वितरण कार्यक्रममा सखुवा प्रसौनी–१ वडाध्यक्ष बासुदेव महत्तो थारु, आयोगका विज्ञ सदस्य सन्तोष पासवान लगायतकाकोपनि उपस्थिती थियो ।