

बीरगंज। पर्साको बिरगंज महानगरपािकामा रेडियो सान्भी मुजिक अवार्ड २०७८ आयोजना हुने भएको छ । पिसि मिडिया प्रा.लि द्वारा संचालित रेडियो सान्भिले गित संगीतका क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरिरहेका कलाकारको प्रोत्साहन स्वरुप कार्तिक २२ गते अवार्ड आयोजना गर्न गइरहेको हो । स्थानीय कला प्रतिभा संरक्षण ,प्रवर्द्धन र जगेर्नाका लागि स्थानीय कलाकारहरूलाई अवसर प्रदान गर्ने आयोजकले बताएको छ । रेडियो सान्भी मुजिक अवार्डमा पर्सा ,बारा जिल्लाका कलाकारलाई सहभागी गराइनेछ । अवार्डमा स्थानीय स्तरका १० बिधामा उत्कृष्ट कलाकारहरूलाई सम्मानित गरिने पत्रकार समेलन गरी रेडियो सान्भीले जनाएको छ। मुजिक अवार्डमा चलचित्र पत्रकार संघ पर्सा शाखाले कलाकार र बिधा छनौट सहितका अन्य प्राबिधिक सहयोग गर्नेछ । कार्यक्रममा मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय स्तर का ख्याति प्राप्त कलाकारहरुको उपस्थिति हुनेछ । रेडियो सान्भीका सतेन्द्र यादवको अध्यक्षतामा भएको पत्रकार समेलनमा प्रमुख अतिथि पत्रकार माहासंघ पर्साका अध्यक्ष अनुप तिवारीले कलाकार उत्पादन भनेको रेडियोबाट भएको छ । कार्यक्रमको संचालन पत्रकार सुर्य बिकले गरेका थिए भने चलचित्र पत्रकार संघ पर्सा कि अध्यक्ष निलिमा पौडेल ,स्थानीय कलाकार अजमत अलि,सुनिल पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।