बलिउड सुपरस्टार सलमान खानले हालै साउदी अरबको जेद्दामा आयोजित रेड सी फिल्म फेस्टिभल २०२५ मा सहभागिता जनाए।
फेस्टिभलको एक सत्रमा बोल्दै सलमानले आफू कुनै महान् अभिनेता नभएको बताए। उनले भावनात्मक दृश्यमा रुँदा फ्यानहरू हाँस्ने गरेको आफूले प्रायः देखेको बताए। यद्यपि, त्यहाँ उपस्थित फ्यानहरूले तुरुन्तै उनको भनाइलाई अस्वीकार गरेका थिए ।
आफ्नो अभिनय कौशलका बारेमा कुरा गर्दै सलमानले भने, ‘मलाई लाग्दैन कि म कुनै धेरै नै कमालको अभिनेता हुँ। तपाईं मलाई जे गरिरहेको अवस्थामा पनि भेट्न सक्नुहुन्छ, तर अभिनय गरिरहेको भेट्न सक्नुहुन्न। मबाट अभिनय हुँदैन नै। जस्तो महसुस हुन्छ, त्यस्तै गर्छु। बस यति नै हो।’
जब होस्टले त्यहाँ उपस्थित दर्शकहरूलाई सलमानले भनेको कुरा सही हो कि होइन भनेर सोधे, तब दर्शकहरूले सर्वसम्मतिले असहमति जनाए।
त्यसपछि सलमानले ठट्टा गर्दै भने, ‘कहिलेकाहीँ जब म रुन्छु, मलाई लाग्छ कि तपाईंहरू ममाथि हाँस्नुहुन्छ।’ यसमा फ्यानहरूले तुरुन्तै प्रतिक्रिया दिँदै भने, ‘होइन, हामी तपाईंसँगै रुन्छौँ।’
सलमानको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र उनका फ्यानहरूले अभिनेताको खुलेर प्रशंसा गरिरहेका छन्।