मुम्बई । बलिउड अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनरागमन गर्दैछन् । सोनी टिभीमा ‘ह्वील अफ फच्र्यून’ नामक कार्यक्रमसँगै उनको कमब्याक हुन लागेको हो ।
निर्माताले शोको प्रोमो सार्वजनिक गरेका छन् । लगभग ६० देशमा लोकप्रिय यो रियालिटी शो अब भारतमा प्रिमियर हुने तयारीमा छ । होस्ट अक्षय कुमारले प्रतियोगीलाई नगद सम्पत्तिले पुरस्कृत गर्नेछन् ।
यो अमेरिकाको नम्बर एक शो हो, जसले आठ एमी अवार्ड जितेको छ । अब भने यसको भारतीय संस्करण आउन लागेको हो ।
यो शोमा अक्षय आफ्नो चर्चित ‘तीस मार खाँ’ अवतारमा देखिनेछन् । सार्वजनिक गरिएको रमाइलो प्रोमोमा मालिकले आफ्नो करोडौं मूल्यको सम्पत्ति आफ्नो छोरा रामलाई होइन, आफ्नो नोकर रामुलाई दिएको देखाइएको छ ।
फ्ल्यासब्याकमा देखाइएअनुसार, जब मालिकले आफ्नो छोराको नाम इच्छापत्रमा लेख्दै थिए, नोकर रामुले ‘राम’ मा ’ऊ’ अक्षर थपेर ‘रामू’ बनाउँछ, जसले गर्दा यो रामु बन्छ । त्यसपछि मालिकको मृत्यु हुन्छ ।
रामु नोकरबाट मालिक बनेको छ । अक्षय भन्छन्, “त्यो ‘ऊ’ ले सबै कुरा परिवर्तन गरिदियो । शब्दहरू जादुयी हुन सक्छन् । अब जादूयी चक्र घुम्दा हरेक अक्षरले अर्थ राख्नेछ । भाग्यको चक्र चाँडै सोनी इन्टरटेनमेन्टमा आउँदैछ ।’

यो कार्यक्रमलाई संसारको सबैभन्दा लोकप्रिय गेम शो भनिन्छ । यसले आठवटा एमी अवार्ड जितेको छ र ४० भन्दा बढी देशमा रूपान्तरण गरिएको छ । यो शो अमेरिकामा अमेरिकामा खुबै लोकप्रिय छ । अक्षयले यो शोको भारतीय संस्करण होस्ट गर्न लागेका हुन् ।
यो कार्यक्रम सन् २०२६ को सुरुवातमा प्रिमियर हुन सक्ने खबर छ । कार्यक्रम अमिताभ बच्चनको कार्यक्रम “कौन बनेगा करोडपति’ पछि हुन सक्छ । यद्यपि, निर्माताले अहिलेसम्म मिति खुलाएका छैनन् ।
अक्षयले सन् २००४ मा “सेभेन डेडली आट्र्स’ बाट टेलिभिजन जगतमा प्रवेश गरे । त्यसपछि उनले “खतरों के खिलाडी’ को सिजन १, २ र ४ होस्ट गरे । सन् २०१० मा, उनी “मास्टर शेफ इन्डिया सिजन १’ मा न्यायाधीशको रूपमा देखा परे ।
सन् २०१४ मा, उनले ‘डेयर २ डान्स’ होस्ट गरे । निर्माताको रूपमा, उनले “जमाई राजा’ धारावाहिक सिर्जना गरे । सन् २०१७ मा, उनले “द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को जज गरे र सन् २०२६ मा टेलिभिजनमा फर्कनेछन् ।