वीरगन्ज २५ कार्तिक : सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने भएका छन् । करैयामाई गाउँपालिका ३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको हो । छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको र शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दुर्घटनामा परी करैयामाई ३ बजनीका २३ वर्षीय अरमान हवारी गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमबार राति पौने एकबजे बारा पचरौता नगरपालिका ९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको थियो । अनियन्त्रित भई मोटरसाइकल तियर खोलामा खसेको र चालक मायारामको घटना स्थलमा नै मृत्यु भएको थियो । महागढीमाई नगरपालिका ९ कन्चनपुर ससुरालीबाट सिम्रौनगढ जाने क्रममा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार दुईजना पुलमुनि पानीमा खसेका थिए । उनीहरुलाई तत्काल उद्दार गरेर उपचारका लागि कलैया अस्पताल पु¥याइएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका करैया गाउँपालिका(३ गालोपटी बस्ने २२ वर्षीय सन्देश साह तेलीको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

