वीरगन्ज २६ कार्तिक : बिन्दबासिनी गाउँपालिकाले आफ्रनो पालिकामा रहेका चौकिदारलाई सुरक्षा सामग्री वितरण गरेको छ । पालिकाको वाड १ देखि ५ वाडमा १५ जना चौकिदार रहेका छन । पालिकाले एक कायक्रमको बिच १५ जना चौकिदारलाई छाता ,जुत्ता ,रैनकोट ,जाकेट ,गमछा,टर्च लगायत का सामग्रीहरु वितरण गरेको छ । पालिका अध्यक्ष श्रीलाल साह कानुले गाउँ–गाउँमा सूचना पुगाउँने काम गर्दै आएको चौकिदारहरुलाई थप सहयोग पुग्ने उदेश्यले सुरक्षा सामग्री वितरण गरेको बताउँनु भयो । गाउँको सुरक्षाको हिसाबले पालिका भित्र हरेक टोलमा एउटा–एउटा चौकिदार रहेका छन । उनीहरु रातभरि गाउँमा सुरक्षा दिने काम गर्छ तेहि भएर सुरक्षा सामग्री वितरण गरेको अध्यक्ष कानुले । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार ,कार्यपालिका सदस्य रामचन्द्र चौरसिया लागायत कर्मचारीहरु को उपस्थितिमा वितरण गरिएको छ ।