वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जालमा उत्तेजक तथा समाजमा आपसी सद्भाव बिगार्ने गतिविधि नगर्न सर्वसाधारणलाई हार्दिक अनुरोध गरेको छ।
प्रहरीले जारी गरेको सूचनामा कुनै धर्म, समुदाय वा व्यक्तिलाई लक्षित गरी अफवाह फैलाउने, विरोधात्मक अभिव्यक्ति लेख्ने, शेयर गर्ने तथा पोष्ट गर्ने कार्य नगर्न सबैमा अपिल गरिएको छ।
यस्ता गतिविधिले सामाजिक सद्भावमा खलल पुर्याउने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
साथै, यदि कसैले यस प्रकारका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने स्पष्ट पारिएको छ।
प्रहरीले शान्ति, सुरक्षा र सद्भाव कायम राख्न सबै नागरिकलाई सहयोग गर्नसमेत अनुरोध गरेको छ।