वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी २० वर्षीया मोडल तथा टिकटक स्टार माही गुप्ताले आत्महत्या गरेकी छन्। रौतहटको दिपही स्थायी ठेगाना भएकी गुप्ताले आज बिहान करिब ९ बजे आफ्नै कोठामा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।
करिब सात वर्षअघि आफ्नै गाउँका विवेक गुप्तासँग प्रेम विवाह गरेकी माही पछिल्लो समय पारिवारिक तनावमा रहेको खुलेको छ।
श्रीमानसँगको सम्बन्धमा खटपट हुनु र श्रीमानले दोस्रो विवाह गर्ने तयारी गरेपछि उनी गहिरो मानसिक तनावमा रहेको उनका साथीहरूले बताएका छन्। उनले आत्महत्या गर्नुअघि आफ्नो टिकटक खातामार्फत एक भिडियो पोस्ट गर्दै आफ्नो पीडा र मानसिक अवस्थाबारे जानकारी गराएकी थिइन्।
घटनापछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ। घटनाका सम्बन्धमा थप सोधपुछ र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।