काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। ओली २१ दिनको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन्।
गत चैत १४ गते पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएसँगै उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो।
अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई डिस्चार्ज गरिएको हो। उपचार अवधिभर उनी चिकित्सकहरूको निगरानीमा रहेका थिए। डिस्चार्जपछि पनि केही समय नियमित फलोअप र आराम गर्न चिकित्सकले सुझाव दिएका छन्।