पर्सा । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले सेवाको नाममा ठगी गरेको ग्राहकले आरोप लगाएका छन् ।
इन्टरनेट स्लो चल्ने, बेलाबेला बिग्रने तथा कम्पनीमा गुनासो टिपाउन झन्झट भएको ग्राहक बताउँछन् । यसतर्फ कम्पनीले चासो नदेखाएको उनीहरूको आरोप छ ।
पर्साको पकाहाँ मैनपुरका एक वर्ल्डलिंकका ग्राहक अनुसार वर्ल्डलिंकको सेवा सन्तोषजनक नभएको बताउँछन् । आज मेरो नेटमा समस्या आएको ८ दिन भइसक्दा पनि हाल सम्म समस्या समाधान नभएको बताए । ‘इन्टरनेट निकै स्लो चलेपछि हैरान छु,’ उनले भने, ‘यसबारे गुनासो टिपाउँदा वर्ल्डलिंकका प्राविधिक समस्या भन्दै टार्ने गरेको छ ।’ ग्राहकले किनेको प्याकेज अनुसार पनि इन्टरनेट स्पिड नभएको उनको भनाइ छ ।
इन्टरनेट सेवा लिइरहेका उनी वर्ल्डलिंककको सेवा त्यति सन्तोषजनक नभएको बताउँछन् । ‘इन्टरनेट ठिकठिकै चले पनि टिभी चलाउँदा निकै डिस्टर्व छ,’ उनले भने, ‘यसबारे टेलिफोनबाट गुनासो दर्ता गराउन खोज्दा झन्डै पाँच–सात मिनेट नै होल्डमा बस्नुपर्याे ।’
वर्ल्डलिंकले गुनासो दर्ता व्यवस्थापन प्रभावकारी गर्न नसक्दा ग्राहकले लामो समय टेलिफोनमा खर्चनुपरेको उनले बताए । ‘एक दिन त झण्डै आधा घन्टा नै होल्डमा बस्नुपर्याे,’ उनले दुखेसो पोखे ।
बिग्रिएका बेला समयमा प्राविधिक नआउने गरेको ग्राहकले गुनासो गरेका छन् । ‘बिग्रिएको गुनासो गर्दा न समयमा प्राविधिक आउँछन् न त समयमा इन्टरनेट नै बन्छ,’ भने एक अर्का ग्राहकले भने ।
यसबारे वर्ल्डलिंकका कर्मचारीसँग कुरा गर्न खोज्दा उनीहरू सम्पर्कमै आउन चाहेनन् ।
बजार विस्तारका क्रममा अनेक स्किमहरू राखेर आकर्षित गर्ने वर्ल्डलिंकले एक महिनापछि वास्ता गर्न छोड्छ । त्यति मात्र होइन, जति एमबिपिएसका लागि पैसा तिरेको हो, स्पिड टेस्टमार्फत् चेक गर्दा त्यो देखिँदैन । त्यसो त आफुखुसी स्किम चेन्ज गर्ने वर्ल्डलिंकले सम्झौताअनुसारको सेवामा समेत झुक्याउँदै आएको छ ।
प्राविधिक समस्या आउनु स्वभाविकै हो । तर, दिनमै पाँच सात पटक फोन गर्नु र त्यसमा पनि उल्टै कहाँ, के, कहिले, कति, कसरी, कुनलगायत अनावश्यक प्रश्नहरूको हैरानी सेवाग्राहीका लागि अर्को टाउको दुःखाईको विषय बन्ने गरेको छ ।
यस विषयमा आधिकारिक अधिकारीलाई बुझ्न खोज्दा कस्टमर्स सर्भिस (ग्राहक सेवा)मा बस्ने व्यक्तिहरूले दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् ।
जसरी भएपनि ग्राहक बढाउँदै लैजाने र एक पटक जोडि सकेपछि सेवा प्रवाहलाई गुणस्तरीय बनाउने कुरामा पन्छिँदै आएको वल्र्डलिंकको अर्को टाउको दुखाउने विषय हो, एरिटेड लाग्दो अनौठो अंग्रेजी भाषा । समस्याको तत्काल समाधान गर्नेतर्फ भन्दा पनि रेकर्डेड रटानहरूले सेवाग्राहीहरूलाई थप एरिटेड बनाउने गरेको छ ।
यसो त अरु इन्टरनेट सेवाप्रदायक कम्पनीका ग्राहक पनि सेवाबाट सन्तुष्ट छैनन् । आफ्नो इन्टरनेट प्याकेजको स्पिडभन्दा निकै स्लो अपलोड र डाउलोड हुने गरेको उनीहरूको गुनासो छ ।