पर्सा । पर्साको पोखरियाबाट प्रहरीले नियन्त्रित लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पोखरिया नगरपालिका वडा नं. ९ स्थित एक टहराबाट उनलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा शनिबार राति करिब ११:३० बजे गरिएको आकस्मिक चेकिङका क्रममा स्थानीय २० वर्षीय विशाल राउत कम्कर पक्राउ परेका हुन्। उनी स्थानीय बिजुली राउत कम्करका छोरा हुन्।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेका कम्करको शरीर खानतलासी गर्दा उनको साथबाट ५.५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको हो।
पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।