काठमाडौँ । मधेस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)लाई अर्थ मन्त्रालय दिने सहमति भएको छ।
यसअघि अर्थ मन्त्रालय नेकपा एमालेलाई दिने बताइएको थियो । तर अन्तिम समयमा नेकपालाई दिने सहमति भएको हो ।
भोलि दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले बताए ।
एमालेलाई तीन मन्त्रालय दिइँदा नेकपालाई एउटा (अर्थ मन्त्रालय) दिइएको छ।
यससँगै मंगलबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम छ।
सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा जेठ ८ गते विश्वासको मत पाएका थिए ।