वीरगञ्ज । वीरगञ्जमा आयोजित एक रक्तदान कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गर्दै मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
क्रियाशील युवा पत्रकार मञ्चको आयोजनामा शनिबार घण्टाघर चोकमा सम्पन्न रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ३ जना महिलासहित ६० जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष आनन्द पटेलले जानकारी दिए।
रक्तदान गर्नेहरूमा माधुरी महतो, ज्ञान्ती पटेल, पूजा साह, अनिश पटेल, मुनेश पटेल, मुकेश पटेल, आदित्य शर्मा, राकेश साह, दीपेन्द्र पटेल, भूपेन्द्र पटेल, बृजकिशोर चौधरी, आनन्द पटेल, राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल, अनुज पटेल, रञ्जय पटेल, विशेष द्विवेदी, जितेन्द्र साह, सुनिल साह, सूर्यप्रताप पटेल लगायत रहेका थिए।
कार्यक्रम क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता लगायत दीपक पटेल, सौरभराज पाण्डे र बृजेश चौधरीको समेत उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रमले रगतको अभाव न्यूनीकरणमा सहयोग पुर्याउनुका साथै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।