वीरगन्ज । पर्साको जिराभवानी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
शनिबार जिराभवाननी गाँउपालिका वडा नम्म्बर ३ स्थित कृषि भवनमाको सभाकक्षमा आयोजित जिराभवानी गाउँपालिकाको १७ औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
गाउँसभामा गाँउपालिका उपाध्यक्ष रेखा चौधरीको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुनन् । जसमा जिराधवानी गाँउपालिकाले सबैभन्दा बढी प्राथमिकता कृषि क्षेत्रलाई दिएको छ । कृषिसंगै शिक्षा,स्वास्थ्य, युवा र महिलाको सशक्तिकरणसंगै रोजगारी सृजनाका लागि विभिन्न योजनाहरुपनि नीति तथा कार्यक्रममा समावेश गगरिएको प्रमुख प्रशासकीय अधिकृत गिरिले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गिरिले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने र गाउँपालिकालाई स्वच्छ, समृद्ध तथा नमुना स्थानीय तहका रूपमा विकास गर्न प्रतिबद्ध रहेकोपनि बताए।
गाउँसभालाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष अनोज चौधरीले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले जिरभवानी गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणका कामलाई तिब्रता दिने पनि बताए । साथै गाँउपालिका तथा वडा कार्यालयको सेवा छिटो, छरितो र प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता पनि पनि उनले व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष चौधरीकै अध्यक्षतामा आयोजित गाँउसभामा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि, वडाध्यक्षहरु रामशरण खवास थारु, महादेव महतो थारु, सुरुज राय थारु, राजेश्वर दास थारु, दारा सिंह थारु, कार्यपालिका सदस्यहरु सरोज चौरसिया, ऋषि हजरा, शक्षा शाखा प्रमुख शिवराज फुयाँल, नेपाल शिक्षक महासंघका गाउँपालिका अध्यक्ष कृपा चौधरी, योजना शाखाका सरोज दास गुप्ता, स्वास्थ्य शाखा प्रमुख अजयकुमार दास थारु, सामाजिक शाखा प्रमुख जितेन्द्र मिश्र, पत्रकार, सुरक्षाकर्मी लगायतकाकोपनि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।