वीरगञ्ज । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझीले वीरगञ्ज महानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नुभएका इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
प्रेस युनियनका नेता रायमाझीले महानगरपालिकाको कार्यालयमै पुगेर कार्यवाहक मेयर आलम र प्रमुख प्रशासकीय अधिकृत बोहरालाई भेटेर सफल कार्यकालको शुभकामना दिनुभएको हो।
महानगरमा पछिल्लो समय प्रशासनिक र राजनीतिक नेतृत्वमा परिवर्तन भएसँगै सञ्चार क्षेत्रका प्रतिनिधिहरूले महानगरको सुशासन र विकासका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्ने प्रतिबद्धतासहित भेटघाटलाई तीव्रता दिएका छन्। सोही क्रममा युनियनका केन्द्रीय सदस्य रायमाझीले कार्यकक्षमै पुगेर दुवै जनालाई कार्यकाल सफलताको कामना गर्नुभएको हो।