पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी विभिन्न नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
विभिन्न राजनीतिक दलमा आबद्ध रहेका नेता तथा कार्यकर्ताहरूले आफ्नो पुरानो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले स्वागत गर्दै पार्टीमा स्वागत गरेका थिए।
कांग्रेस र जसपाबाट आबद्ध नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि मिर्जापुर क्षेत्रमा राजनीतिक गतिविधि थप चर्चामा आएको छ। पार्टी प्रवेशलाई एमालेले स्थानीयस्तरमा संगठन विस्तारका रूपमा लिएको छ।