वीरगन्ज । पर्सामा ट्रकको ठक्करबाट साईकल यात्री कुर्मीको मृत्यु भएको छ । पर्साको बिरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी बस्ने ७० वर्षिय रूपा राउत कुर्मीको ट्रकले ठक्कर दिदा मृत्यु भएको छ ।
ड्राइपोर्ट गेटको ठीक अगाडि ट्रकको ठक्करले साईकल यात्री कुर्मीको मृत्यु भएको छ। साईकल यात्री आफ्नो घर जाने क्रममा ना ३ ख ६०७५ नम्बर प्लेट भएको ट्रकले ठक्कर दिएपछि घटना स्थलमै उनको मृत्यु भएको छ।
ड्राइपोर्ट एरियामा दुर्घटना क्रम बढी रहेको छ । ट्राफिक प्रहरीको गल्त नियमको कारण यस्तो दुर्घटना बारम्बार हेर्ने पाइरहेको स्थानीयहरुको भनाई छ । प्रत्येक महिना ४ देखि ५ जनाको सडक दुर्घटनाबाट त्यो एरियामा मृत्यु हुने गरेको छ । त्यस एरियामा भएको प्रहरी चौकी र अस्थायी ट्राफिक प्रहरी बिट मात्र पैसा उठाउने गरेको र सडक अवरुद्ध बारे अथवा सडक दुर्घटनामा ध्यान पुर्याउन नसकेको र पैसा उठाउनमा मात्र लागेको कारण दुर्घटनाको क्रम बढेको स्थानीय हरुको भनाई छ।