वीरगञ्ज – वीरगञ्जको ग्यालेक्सी स्कुलको आयोजनामा बिहीबारबाट ग्यालेक्सि टुर्नामेण्ट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।आदर्शनगर रंगशालामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।मेयर सिंहले आफ्नो र आफ्नो ठाउँको पहिचान बढाउन खेलकुदको महत्वपूर्ण भुमिका रहने भएकाले पढाइसँगै खेलमा पनि लगाव राख्न विद्यार्थीहरुलाई आग्रह गरे ।खेललाई नै भविष्य वनाएर लागेकाहरुले मेहनतका साथ अभ्यास गर्दै अघि बढ्न आग्रह गर्दै उनले खेलकुदको प्रवर्द्धन महानगरले पनि गर्ने बताए ।प्रतियोगितामा वीरगञ्जका ११ वटा र कलैया बाराको ५ वटा गरि १६ वटा स्कुलको सहभागिता रहेको आयोजक ग्यालेक्सी स्कुलका अमीत सिंहले जानकारी दिए ।२९ गतेसम्म चल्ने अन्तर स्कुल प्रतियोगिताका बिजेता र उपविजेता स्कुलले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।