

वीरगंज । मानव अधिकार शिक्षा संचालनमा स्थानीय सरकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आज सामाजिक संस्था जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको छ। एनसिई नेपाल पर्साको आयोजना र एसओडिसिसि पर्साको समन्वयमा सो अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले अहिले स्थानीय सरकार संचालन ऐन २०७४ ले शिक्षा सम्बन्धि ब्यवस्था गरेको भएको पनि आफ्नो नगर पालिका र गाउँपालिकाको सभा बाट निति नियम पारित गर्नु पर्ने तर त्यसो नगरेकाले समस्या सिर्जना उत्पन्न भएको बताए । स्थानीय सरकार संचालन ऐन २०७४ ले शिक्षा सम्बन्धि निति ,कानुन ,मापदण्ड ,योजना तर्जुमा ,कार्यान्वयन ,अनुगमन ,मुल्यांकन र नियमन गर्ने अधिकार स्ष्ट उल्लेख गरिएको छ। जनप्रतिनिधिहरुले आफ्नो अधिकार प्रयोजन र जनताको अधिकार केहो भनेर स्ष्ट पार्न नसक्नुमा आफ्नो क्षमताको कमी र सविधानमा के कुरामा उल्लेख गरेको छ भन्ने बारेमा जानकार हुन जरुरी रहेको बताएका छन्। सामान्य बिषयको कुरा पनि पालिकाहरुमा टुंगो लगाउन नसक्नुले जनताको समस्या जिल्ला प्रहरी कार्यालय र अदालतमा चाङ्ग परिरहेको अधिवक्ता बृजकिशोरले आफ्नो प्रस्तुति गर्ने बेलामा उल्लेख गर्नु भएको थियो। उनलेे सबिधानको प्रस्तापनमा मानव अधिकार पाउनु पर्ने सम्पूर्ण उल्लेख गरिएको भए पनि राज्यले त्यो पुरा नगरेको अवस्था रहेको बताए । राष्ट्रसंघको घोषणापत्रमा १७ बुदे प्रतिबद्धता गर्छु भनेर हरेक देशले हस्ताक्षर गरेको अवस्था भए पनि राज्य चुकीरहेकोले अब यस्ता समस्यालाई समाधान गर्ने सबै पालिकाले आफ्नो निति नियम बनाएर बालबालिकाहरुलाई पढ्ने वातावरण तयार गर्नु पर्ने सुझाव दिनुभएको थियो। सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा बहुदरमाइनगरपालिकाको उपमेयर सुश्मा कुमारी कुशवाहा,बिन्दबासनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया,पुर्व उपाध्यक्ष किरण देवी गुप्ता ,नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संन्जीब मिश्रा,कार्यक्रम निर्देशक रुपक पाण्डे ,चन्देश चौहान,रेडक्रस सोसाइटीक उदयराज शर्मा ,दुलारचन्द साह,विनोद यादव ,लगायतले आ- आफ्नो धारणा राख्नु भएको थियो कार्यक्रमको सहजिकरण ललन पटेलले गरेका थिए।