पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय सशीधर कृष्ण आधारभूत विधालय बनकटवामा २ दिने आँखा ,कान र नाकसम्बन्धी परीक्षण शिविर आज सम्पन भएको छ । उतm शिविरमा ३ बर्ष देखी १४ बर्ष सम्मको एक हजार चौस्ठी जना बालबालिकाहरूको चेकजाँच गरिएकोमा ३ जनाको आँखामा मोतीयाबिन्द देखा परेको साथै १२ जनालाई निशुल्क आवश्यकता अनुसार चस्मा दिईएको हो भने १० जनालाई कानको सल्यक्रिया गर्नु परेको र ६ जना बिरामीलाइ सुन्ने शतिm नभएको शिविरले फेला पारेको छ । ४ जनाको घाँटीको पनि सल्यक्रिया गर्नु पर्ने , १ जनालाई घाँटीको क्यांसरको संभावना देखिएको र १ जनामा नाकको क्यांसरको समस्या देखिएको शिविरका डाक्टर प्रशांत पौडेलले बताएका हुन । पोखरिया नगरपालिकाको आयोजना तथा बिपी नेत्र प्रतिष्ठान हॉस्पिटल काठमांडू भक्तपुरको सहकार्यमा सम्पन भएको हो । शिविरलको उद्घघाटन पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवाका वडा अध्यक्ष प्रमोद गिरी उद्घघाटन गरेको कार्यक्रममा भगवान प्रसाद कुर्मी , विजय झा लगायतको सहभागिता रहेको थियो। भने िशिविरमा बिपी नेत्र अस्पताल काठमांडू भक्तपुरको टोलीले निशुल्क औषधि उपल्बध गराएको थियो ।