आनन्द पटेल


वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालीका वडा नं ५ महुवन स्थित स्वास्थ्य चौकीमा बिहिबार (आज) जीवन रक्षा अभियान अन्तरगत अाँखा शिविर कार्यक्रम समपन्न भएको छ । सखुवा प्रसौनी गाउँपालीकाको आयोजना र किरण आँखा अस्पतालको सहयोगमा समपन्न शिविरमा ४५० जनाको आँखा चेकजाच गरिएको थियो । जस मध्ये १०२ जनामा मोतीया बिन्द फेला परेको अस्पतालका फिल्ड म्यानेजर चंदन सहनीले जानकारी दिए । मोतीया बिन फेला परेको बिरामीहरुको निशुल्क रुपमा शल्यक्रिया (अपरेशन) गर्ने गाउँपालीका अध्यक्ष यसवन्त यादवले बताए । शिविरमा सहभागीहरुको अाँखा चेकजाच किरण अस्पतालका डां दिपनारायण चौधरी, दिपा कुमारी कुश्वाहा लगायतको टोलीले चेकजाच गरेका थिए । शिविरको उद्धाटन गर्दै गाउँपालीका अध्यक्ष यसवन्त यादवले आउने दिनहरुमा स्वास्थ्य शिविरका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्ने बताए । उनले पालीकाको तर्फबाट सकेसम्म हरेक रोगको निशुल्क रुपमा चेकजाच गर्ने आफनो प्रयास रहेको बताए । सो कार्यक्रममा गाउँपालीकाका वडा नं ५ का वडा अध्यक्ष अशेश्वर प्रसाद यादव लगायत स्थानीय र गाउँपालीकाका कर्मचारीरुको उपस्थिती रहेको थियो । सो शिविर गाउँपालीकाको अरु वडाहरुमा पनि संचालन हुने गाउँपालीकाले जानकारी दिएको छ ।