लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, वीरगञ्ज सामुदायिक आँखा केन्द्र र पाेखरीया नगरपालिका वडा नं. ९ काे सहकार्यमा पाेखरीया, वडा नं. ९ मा आँखा चेकजाँच शिविर सम्पन्न भएकाे छ। वडाध्क्ष नाैशाद आलमकाे अध्यक्षतामा सम्पन्न साे शिविरमा १८२ जनाले चेकजाँच गराएका छन्। ती मध्ये ७२ जनामा माेतियाबिन्दकाे समस्या देखिएकाे लायन्स सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले बताउनुभयाे। ७२ जनाकै यही माघ १४ गते शनिबार नि:शुल्क शल्यक्रिया गरिने अस्पतालका महेश सिंह धामीले बताउनुभयाे। कार्यक्रममा पाेखरीया वडा नं. ९ का वडाध्यक्ष नाैशाद आलम, लायन्स कलब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुन, गुड्डी जाेशी, विजय कुश्वाहा, क्लबकी काेषाध्यक्ष सुशिला साह, डा. लक्ष्मी थापा, महेश सिंह धामी, क्लबका सदस्य, स्थानीय नेता तथा स्थानीयवासी लगायतकाे उपस्थिति रहेकाे थियाे।