रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले जिल्लामा शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण गरिने बताएका छन् ।आइतबार पत्रकारसँग उनले जिल्ला प्रशासन कार्यालय रौतहट टाइमकार्ड लागुगर्ने बताए ।प्रशासनमा टाइमकार्ड लागुभएपछि सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध हुने बताए ।यस्तै उनले प्रहरी ,सशस्त्र प्रहरीसँग समन्वय गरी तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।