वीरगन्ज । पर्साको बहुदर माई नगरपालिका वडा नं ८ स्थित रामनगरीमा रहेको जन आवाज युवा क्लवले विद्यार्थीहरुलाई टि-सर्ट वितरण गरेको छ । बहुदरमाई नगरपालिका - ८ को विद्यार्थीहरुलाई जन आवाज युवा क्लवको टि-सर्ट विरतण गरिएको हो ।
विद्यालयमा पढ्ने १५ जना विद्यार्थीहरुलाई बहुदरमाई नगरपालिकाका कार्यपालिका सदस्य मुखदेव प्रसाद कानु मार्फत टि-सर्ट वितरण गरिएको हो ।
टिसर्ट वितरण पछि बोल्दै कार्यपालिका सदस्य कानुले समुदायमा सामुदायिक काम गरेर अलग पहिचान स्थापित गरेकोमा खुसी व्यक्त गरे । विद्यार्थीहरुको लागि यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए ।
क्लवमा रहेका पदाधिकारीहरुले समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई टि-सर्ट वितरण गरिएको अध्यक्ष राजेशले बताए । साथै आगामी दिनमा पनि यस्ता खालको थुप्रै कार्यक्रमहरू फेरि गरिने कल्बका सचिव राजकिशोर साहले बताए।