

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको नियमित बैठक आज सम्पन्न भएको छ । शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा बसेको बैठकले पर्सामा पत्रकारिता सुरुवात भएको ७ दशकको अवसर पारेर स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको स्मारिका प्रकाशनको लागी शाखाका पुर्व अध्यक्ष शत्रुघन नेपालको संयोजकत्वमा ५ सदसिय समिती गठन गरेको छ । समितीको सदस्यहरुमा महेश दास, महेश चन्द्र गौतम, भुषण यादव र युवराज खडका रहेका छन भने समितीको सल्लाहकारमा वरिष्ठ पत्रकार जगदिश प्रसाद शर्मा, गया यादव, चन्द्र किशोर झा र शंकर खतिवडा रहनु भएको सचिव भुषण यादवले जानकारी दिए । यसैगरी आमसंचारकर्मीहरुको क्षमता अभिवृद्धीका लागी यही चैत्र मशान्तको पहिलो सातामा चितवनको सौराहामा तिन दिने आवासिय तालिम दिने निर्णय गरिएको अध्यक्ष अनुप तिवारीले जनकारी दिए । यसैगरी शाखाकै कार्यसमिती सदस्य रहेका स्व.नरेश सरार्फको स्मृतिमा स्थापना भएको अक्षय कोषको खाता संचालनमा आइसकेको र महासंघले निर्णय गरेको १ लाख ५१ हजार रकम कोषमा जम्मा गर्ने निर्णय गरेको कोषाध्यक्ष संजीव मिश्रा जानकारि गराएका छन । साथै अन्य संघ संस्थाहरुलाई पनि अक्षयकोषको खाता रहेको नविल बैंक लिमीटेडको पावर हाउस शाखामा रहेको (स्व नरेश सरार्फ स्मृति अक्षय कोष खाता नम्बर ००६०१०१७५०१५७६) रकम जम्मा गरिदिन पनि अनुरोध गरेको छ ।