राजन कुमार बानिया


पर्सा । भारत बिहार बेतिया जिल्लाको साठी थाना क्षेत्रमा जनती बोकेका नेपाली बस पल्टिँदा एक नेपाली युवकको मृत्यु हुनुको साथै बसमा रहेको दर्जौनौ ब्यक्ति घाईते भएका छन। प्रहरीका अनुसार पर्साको जगरनाथपुर गाउँपालिकाको झखराबाट गएको जनतीको बस पलटदा भारत साठी थाना क्षेत्रमा घटना भएको हो। बस पल्टिँदा मृत्युु हुनेमा जगरनाथपुर गाउँपालिका झाखरा गाउँ निवासी १८ वर्षको अोमप्रकास साह रहेको छ।सोमबारको दिन जगरनाथपुर गाउँपालिकाको झखरा गाउँका रामदेव साहको छोराको बिहेको जनती भारतको बेतिया जिल्ला साठी थाना क्षेत्रको दलीहान परसौना गाउँका नारद साहको छोरी संग विहे गर्न अएको थियो। जनती हरु रात्रीमा नै भोज खाएर नेपाल तरफ फर्कने क्रममा साठी थाना क्षेत्रको खजूरिया र पकड़ीहार गाउँको बीच नहर नजिक पुलमा जनती बोकेका बस पलटिएको छ। बसमा रहेको एक जनाको मृत्यु भएको र बसमा रहेको दर्जनौ यात्रीहरु घाईते भएका छन। मृतक साह लाई मंगलबार साझ प्रहरीको सहयोगमा नेपालको बिरगंज नारायणी अस्पतालमा पोस्टमार्टमको लागि ल्याएको छ। घटना स्थलमा नेपाली नम्बर ना ५ ख ११९८ नम्बरको बस पलटेको र भारतिय साठी थानाको सहयोगमा बस लाई जेसिबिको माध्यम बाट बस उठाएर घाईते हरु लाई उदार गरि लौरिया प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको प्रहरीले जनाएको छ।