वीरगन्ज । भोट फोर चेन्ज स्वतन्त्र विधार्थी युनियनद्वारा आयोजीत होली मिलन समारोह सम्पन्न भएको छ । भोट फोर चेन्ज स्वतन्त्र विधार्थी युनियनका नेता जितेन्द्र मिश्राको अध्यक्षतामा विरगंजको जिल्ला समन्वय समितिको सभा हालमा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बिद्यार्थी नेता अफ्रोज आलम , मुन्ना साह ,समीर अन्सारी , अनिश पटेल , किरन यादव , भागरती कुमारी ,गोपाल पास्वान , सन्तोष साह ,राज पास्वान लगायत बिद्यार्थी अगुवाहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा संचालन कृष्ण पासवानले गरेका थिए ।