

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले खेलावनाको माध्यमले बालबालिकाको समग्र विकास सम्बन्धि आज एकदिने प्रदर्शनी गरेको छ । क्याम्पस परिसर मै क्याम्पसमा अध्ययनरत नर्सिङ तेस्रो वर्ष (१२ औं ब्याच) का विद्यार्थले प्रदर्शनी गरेका हुन् । बालबालिकाको समग्र विकास सम्बन्धि प्रदर्शनीको उदघाटन अस्पतालका अध्यक्ष डा.जैनुद्दीन अन्सारीले गरेका थिए । उदघाटन गर्दै डा. अन्सारीले प्रदर्शनीमा राखिएका बालबालिकाको समग्र बिकास सम्बन्धि समाग्रीको अवलोकन गरेका हुन् । बालबालिकाको बिकासका लागि विद्यार्थीहरुले गरेको प्रदर्शनी सकारात्मक रहेको र यसलाई निरंतरता दिन बताएका थिए । बालबालिकाको समग्र विकास प्रदर्शनी कि कार्यक्रम संयोजक प्रमिला महतोले क्याम्पसका अध्यक्ष अन्सारीले अवलोकन गरेकोमा धन्यवाद व्यक्त गरिन । खेलावनाको माध्यमले शारशिक र बौद्धिक बिकाश कसरी गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको उप प्रचार्या डा. सिंहले जानकारी दिनुभयो । कार्यक्रममा डा. इसरत जहाँ ,अस्पताल निर्देशक डा. नुस्तर्त जहाँ ,एकेडेमिक निर्देशक, मार्केटिङ निर्देशक साहनवाज अन्सारी, प्रिन्सिपल डा. के.एन. सिंह, नर्सिङ क्याम्पसका उपप्राचार्य डा.बबिता सिंह लगायतको उपस्थिति रहेकोे थियो ।