वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रमेश रिजाल संघिय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा रिजाल नेपाली कांग्रेसको तर्फबाट उद्योग मन्त्रीमा नियुक्त भएका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजालले आजै मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेस मन्त्रिपरिषद्मा ८ वटा मन्त्रालय पाएपनि पहिलो चरणमा जम्मा ४ जनालाई सरकारमा सहभागी हुन् पठाएको छ । पहिलो चरणको मन्त्रीहरुको सूचीमा रिजाल पनि परेका हुन् ।
मंसिर-४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा रिजाल पर्सा-४ बाट निर्वाचित भएका थिए ।