वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजमा अध्ययनरत विद्यार्थी कक्षा १२ को परीक्षामा मधेस प्रदेशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
मङ्गलवार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाको नतिजाअनुसार नेशनल इन्फोटेक कलेजमा अध्ययनरत विद्यार्थी नीरज गुप्ता ३.८५ जिपिए ल्याएर मधेस प्रदेश टप गरेका हुन् ।
त्यस्तै नेशनल इन्फोटेकमा अध्ययनरत २१ जना विद्यार्थीले ‘ए प्लस’, २४० जना विद्यार्थीले ‘ए’, २५२ जना विद्यार्थीले ‘बी प्लस’ र ३१ जना विद्यार्थीले ‘बी’ जिपिए ल्याएको कलेजका निर्देशक मनिष सिंहले बताए । जुन कूल विद्यार्थी सङ्ख्याको झन्डै ९८ प्रतिशत हो । उनका अनुसार नेशनल इन्फोटेकले प्रदेश मै उत्कृष्ट नतिजा ल्याएको छ ।
नेशनल इन्फोटेक मधेस प्रदेशकै उत्कृष्ट प्लस टू क्याम्पस हो । गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको नेशनल इन्फोटेकमा कक्षा ८ देखि १२ सम्म अध्यापन गराइन्छ । कलेजले विद्यार्थीहरूलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रमहरूको पनि आयोजना गर्न गरेको छ ।
परम्परागत शिक्षण विधिबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकास नहुने भएकोले कलेजले व्यवहारिक शिक्षालाई प्राथमिकता दिने गरेको निर्देशक सिंह बताउँछन् ।